दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।
इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गोकुलेश्वरमा कार्यालय स्थापनाको लागि पक्रिया अगाडी बढाएको थियो ।
भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको जनाएको छ ।
गएको बुधबार मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थानपनाको लागि अर्थ मन्त्रालयले स्वकृति दिएको हो ।
मन्त्रालयले दार्चुलाको गोकुलेश्वरसहित अन्य १० वटा इलाका प्रशासन कार्यालय स्थापनाको स्वकृति छ ।
गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको शैल्यशिखर नगरपालिका, नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले २०७४ को कार्यविभाजन नियमावली र निजामती सेवा ऐन बमोजिम गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन पुनरावलोकन गरी, मन्त्रालयकै दरबन्दीभित्र मिलाएर नयाँ कार्यालय स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ ।
