धनगढी: धनगढीमा युवा संघका कार्यकर्ताले जेन्जी युवाहरूमाथी कुटपिट गरेका छन्।
धनगढी कभर्डहल अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका करिब दुई दर्जन जेन्जीहरूलाई युवा संघका सयौं कार्यकर्ताले आक्रमण गरेका हुन् ।
एमाले नेता महेश बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर शान्तिपूर्ण प्रदर्शनमा रहेका जेन्जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका युवाहरू प्रहरीकै अगाडि कुटपिट गरेका हुन् ।
कुटपिटमा धनगढी–४ की जेन्जी लिडर सरिता जोशीको हात भाँचिएको भनिएको छ । जोशीको हातमा चोट लागेपछि उनलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको छ।
आक्रमणमा परेर गोपाल बोहरा लगायतका युवाहरूलाई पनि सामान्य चोटपटक लागेको जेन्जी प्रदर्शनकारीले बताएका छन् ।