यु -१९ क्षेत्रीय क्रीकेट प्रतियोगिताको लागी दार्चुलाको टोली घोषणा

दार्चुला । मंसिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दार्चुला जिल्लाको टोली घोषणा भएको छ । जिल्ला क्रिकेट संघले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर १४ सदस्यीय टोली छनोट गरेको हो ।

 

टोलीका सदस्यमा भुपी सिंह कुवँर, सचिन ठगुन्ना, दिनेश कार्की, दिनेश विष्ट, मुकेश खडायत, दिनेश विष्ट, सुरेश साउद, विपिन धामी, विरेन्द्र वडाल, विरेन वम, विरेन्द्र विष्ट, रोशन कोलि, नरेश विष्ट र पारस धामी छन् ।

यस्तै दिनेश धामी, शंखर बम र महेश धामी वैकल्पिक खेलाडीको रुपमा छनोट भएका छन् ।

छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने भएको छ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ४ गतेदेखि १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुँदैछ ।

Leave A Reply

Your email address will not be published.