दार्चुलामा एमाले प्रतिनिधि सर्वसम्मत

दार्चुला । नेकपा एमाले दार्चुलाले पार्टीको ११औँ महाधिवेशनका निम्ति प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ । एमाले दार्चुलाले शनिबार महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको जनाएको छ ।

खुलातर्फ महाकाली नगरपालिकाबाट ज्ञानेन्द्र घर्ती,अपि हिमाल गाउँपालिकाबाट धर्मानन्द मन्याल डिएन,मार्मा गाउँपालिकाबाट कृष्णसिह धामी हिमाल,शैल्यशिखर नगरपालिकाबाट रामदत्त जोशी,नौगाड गाउँपालिकाबाट जनकसिह ठगुन्ना,मालिकार्जुनबाट रणबहादुर पाल,प्रतिनिधिमा चयन भएका छन् । यस्तै महिलातर्फ व्यास -३ का निर्मला धामी, ,लेकम -३ का माधवी जोशी, र दुहुँ – ४ का ताराकेशरी कुँवर छनोट भएको जनाइएको छ ।

दलिततर्फ महाकाली – २ का मुरारी लाल टमटा,शैल्यशिखर- १ का लालबहादुर विकलाई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । यस्तै युवातर्फ दुहुँ -२ का उमेशराज जोशी चयन गरिएको उनले बताए ।

जिल्लाबाट जम्मा १२जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दार्चुलाले जनाएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गते देखि २९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.