मालिकार्जुनका ६ वडा बालविवाहमुक्त वडा घोषणा

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका जम्मा ८ वडामध्ये हालसम्म ६ वडा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

बालविवाहमुक्त घोषणा गरिएका वडाहरुमा बालविवाह नभएको पुष्टि भएपछि वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गरिएको मालिकार्जुन गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक आरती शर्माले जानकारी दिए ।

जिल्लाकै पहिलो वडाका रुपमा वि:स २०८० सालमा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ उकुलाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।  सोही वर्ष वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको उनले बताए ।

त्यस्तै २०८१ मा वडा नम्बर १, ३ र वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।  हिजो मात्रै गाउँपालिकाको वडा नम्बर ४ हुनैनाथलाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ । केहीदिनभित्रै वडा नम्बर ७ र वडा नम्बर ५ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरी यो वर्षभित्रै पालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिने संयोजक शर्माले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् । बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा सरोकारवाला पक्ष र उपस्थित सहभागीहरुलाई बालविवाहविरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गराइएको छ ।

Leave A Reply

Your email address will not be published.