दार्चुला । दार्चुलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीको साथबाट झन्डै दुई किलो चरेशसहित उनलाई पक्राउ गरिएको जनाएको छ ।
बुधबार राती ८ बजे इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ के.जि. ९७५ ग्राम चरेश र १ थान डिजिटल तराजु फेला पारि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिनुभएको छ ।