शुक्रबार र शनिबार दार्चुलाका ६ वटा स्थानीय तहमा विद्युत कटौती हुने, सूचना सहित

 दार्चुला । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले अगामी शुक्रबार र शनिबार दार्चुलाका ६ वटा स्थानीय तहमा विद्युत कटौती गर्ने भएको छ ।

सोमबार एक सूचना जारी गदैँ प्राधिकरणले जिल्लाका ६ वटा स्थानीय तहमा शुक्रबार र शनिबार फरक फरक सयममा विद्युत कटौती हुने जानकारी दिएको हो ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार मंसिर २६ गते शुक्रबार दिउसो २ बजेदेखि बेलुका ५ बजेसम्म र मंसिर २७ गते शनिबार दिउसो १ बजेदेखि १:३० बजेसम्म विद्युत कटौती गर्ने जानकारी दिएको छ ।

प्राधिकरणले ३३ केभि लाईनको बरमुडे निसिल क्षेत्रमा विद्युतका तार नजिक परेका रुखका हाङ्गा,बास, तथा बुट्यान काट्ने योजना अनुसार स्थानीय तहमा विस्तार गरिएको विद्युत लाइन कटौती गरिने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्दका प्रमुख रोशन ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार थालिगाड बसस्टेशन बाट आपुर्ति हुने विद्युत सेवा बन्द हुने बताउनु भयो ।

जिल्लाको महाकाली नगरपालिका,व्यासँ गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको लालीसम्म विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।  विद्युत लाइन बन्द हुदाँ सेवाग्राहीहरुमा पर्नजाने असुविद्या प्रति प्राधिकरणले क्षमायाचना समेत मागेको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.