राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार बन्न दार्चुलाबाट २ जनाको आवेदन पर्‍यो

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बन्न दार्चुलाबाट २ जनाको आवेदन परेको छ ।

रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेपछि जिल्लाबाट दुई जनाको नाममा आवेदन परेको हो ।

पार्टीले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार खस आर्यबाट दार्चुलाका जनकराज पन्त, र भानसिंह धामीले उम्मेदवार हुन इच्छुक रहेको भन्दै आवेदन दिएका छन् ।

समानुपातिक उम्मेदवार बन्न प्रदेशमा रहेका नौ मध्ये ८ जिल्लाबाट आवेदन आएको रास्वपा सुदूरपश्चिमले जनाएको छ ।

रास्वपा सुदूरपश्चिमका अनुसार इच्छुक उम्मेदवारसँग शनिबार छलफल राखिएको छ । उम्मेदवार छनोट रूपरेखाअन्तर्गत ६ र ७ पुसमा घरदैलो कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

 

Leave A Reply

Your email address will not be published.