काठमाडौं । नेकपा एमाले दार्चुला(काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका गणेश सिंह ठगुन्नालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम मन्चका अध्यक्ष उपेन्द्र सिंह धामिको अध्यक्षता, दिवान सिंह धामीको स्वागत मन्तब्य र मुकेश सिंह धामीको सन्चालनमा भएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै नेता ठगुन्नाले भने, देशको विषम परिस्थितिमा पार्टीले दिएको जिम्मेवारी पुर्ण कर्तव्यका साथ जबजको मार्गनिर्देशनमा रही जनताको सेवामा समर्पित गर्ने र दार्चुलाका जनतको हक हितका निम्ति जस्तोसुकै परिस्थिति आए पनि संघर्षबाट पछि नहट्ने बताएका छन् ।
