दुहुँ -३ मा रास्वपाको वडा समिति गठन

दार्चुला ।दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुहुँ गाउँपालिकाका बिभिन्न वडाहरुमा संगठन बिस्तारमा जुटेको छ । गत मंगलबार अपिहिमाल गाउँपालिकामा पालिका स्तरिय समिति गठन गरेको रास्वपा दार्चुलाले शनिबार दुँहु गाउँपालिकाको वडा -३ मा वडा समिति गठन गरेको छ ।

शनिबार रास्वपा दार्चुलाले दुहुँ गाउँपालिकाको वडा -३ मा महेन्द्र सिंह कार्की सभापति रहने गरी १२ सदस्सीय वडा समिति गठन गरेको छ । जिल्ला सभापति राजेश सिंह सामन्त लगायत समितिका पदाधिकारी हरुको उपस्थितिमा शनिबार महेन्द्र सिंह कार्कीको सभापतित्वमा १२ सदस्सिय वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।

समितिको उपसभापतिमा हरक सिंह बोहरा र सचिवमा शान्ती धामी चयन गरिएका छन भने सदस्यहरुमा हरिश धामी, महाबिर सिंह बोहरा, करन सिंह धामी, करन सिंह कार्की, गोपाल दत्त जोशी, योगेस सिंह बोहरा, बीरेन्द्र सिंह बोहरा, बहादुर सिंह बोहरा र हर्क सिंह बोहरालाइ चयन गरिएको रास्वपा दार्चुलाका सभापति सामन्तले जानकारी दिनुभयो । यसअधि रास्वपा दार्चुलाले गत बिहिबार दुहुँ गाउँपालिकामा जयसिंह बोहराको सभापतित्वमा ११ सदस्सिय पालिका स्तरिय समिति गठन गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.