दार्चुला । दार्चुलाको मार्मामा जिप दुर्घटना हुँदा एक जनाएको ज्यान गएको छ । अर्का एक जना घाइेत भएका छन् ।
गयरातीसाढे ९ बजेतिर मार्मा गाउँपालिका वडा ३ भैसेबगड नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्माको लटिनाथ बजारबाट भैसे बगडतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा मार्मा गाउँपालिका वडा ६ सेरीका अन्दाजी २३ वर्षीय केशव जोशीको ज्यान गएको छ भने सोही ठाँउ बस्ने २६ वर्षीय चालक माधव महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । जिप सडकबाट २ सय ५० मिटर तल खसेको उनले बताए ।