दार्चुला – धनगढी विमानस्थलको पार्किङ क्षेत्रमा आगलागी भएको छ। शनिबार अपरान्ह विमानस्थल परिसर नजिकैको खेतमा लागेको आगो भित्र कार पार्किङ क्षेत्रसम्म पुगेको विमानस्थलका कार्यालय प्रमुख रामकृष्ण भट्टले बताए। सुरक्षाकर्मी, अग्नी निवारण सेवा तथा एयरलाइन्सका कर्मचारीको सहयोगमा आगो निभाइएको उनले बताए।
विमानस्थल प्रमुख भट्टले विमानस्थल नजिक आगो बाल्दा सजगता अपनाउन सबैलाई आग्रह गरेका छन्।