दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आशिंक प्रभाव दार्चुलामा पनि देखिएको छ।
विहानै देखि नेकपा विप्लवका कार्यक्रताले सवारी सञ्चालनमा अवरोध गरेका छन ,भने प्रहरीले तराइक्षेत्रबाट आएका लामो दुरीका सवारी साधनलाई स्कटीङ मार्फ जिल्ला सदरमुकाम लगायत गन्तव्यमा पुगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला भित्र सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा पुर्ण रुपमा रोक लगाइएको विप्लव निकट अखिल क्रान्तीकारीका जिल्ला संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दार्चुला सति देशभर नेपाल बन्द गर्ने निर्णय गरेको थियो । विप्लव नेतृत्वको घोषित विरोध कार्यक्रम अन्तर्गत आजको नेपाल बन्द ठप्प पार्ने उहाँले बताउनुभयो ।
कार्यक्रम अन्तरगत हिजो दार्चुलाको गोकुलेश्वरमा मसाल जुलुस प्रर्दशन गरिएकोले थियोे । नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ। सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ।
