दार्चुलामा कांग्रेस मात्रै चुनावी आमसभा गर्दै

दार्चुला। निर्वाचन आउन ८ दिन मात्रै बाँकी रहँदा दार्चुलामा उमेदवारहरू विभिन्न माध्यमबाट मतदातासमक्ष पुगिरहेका छन् । यसैक्रममा, नेपाली कांग्रेस, दार्चुलाले यस अवधिमा दुईवटा चुनावी आमसभाको आयोजना गरेको छ ।

कांग्रेसले गत शनिबार जिल्लाको मार्मा गाउँपालिकामा पहिलो चुनावी आमसभा गरेको थियो । यस्तै, फागुन १० गते जिल्लाको अपिहिमाल गाउँपालिकाको सल्लेधारमा चुनावी आमसभा कार्यक्रम सम्पन्न गरेको छ । तर अन्य दलहरूले भने अहिले सम्म चुनावी आमसभा नगरेर भेटघाट नै प्रभावकारी हुने बताउँदै आएका छन् । यस क्षेत्रमा काग्रेसका तर्फबाट धर्मानन्द जोशी उम्मेदवार बनेका छन् ।

उनले दार्चुलालाई विकासको आधार, बलियो, दिगो र रणनीतिक पूर्वाधार अन्तर्गत त्रिदेशीय व्यापारको सम्भावनालाई साकार पार्न दार्चुला–तिङ्कर सडक निर्माणलाई प्राथमिकतासाथ सम्पन्न गर्ने उनले प्रतिबद्धता गरेका छन् । दार्चुलामा कुल ११ उमेदवार चुनावी मैदानमा छन् ।

Leave A Reply

Your email address will not be published.