शैल्यशिखर–५ मा कांग्रेसको चुनावी प्रचारप्रसार, ११ जना पार्टी प्रवेश

दार्चुला । नेपाली कांग्रेसले दार्चुलाको शैल्यशिखर-५ सेतिकलामा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको क्रममा नेकपा (एमाले) परित्याग गरि ११ जनाले कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा (एमाले) परित्याग गरि स्थानीयहरु मदन सिंह साउद, जैदेव सिंह साउद, कलावती साउद, कुशा साउद, रतना साउद, प्रेम सिंह साउद, कृसना सिंह साउद, बाटुली साउद, मनोहरा साउद, डम्बर ठगुन्ना (शैल्यशिखर–४) र राज सिंह ठगुन्नाले कांग्रेस प्रवेश गरेको कांग्रेस दार्चुलाले जनाएको छ ।

निर्वाचनको समय नजिकिए संगै कांग्रेस दार्चुलाले जिल्लामा चुनावी आमसभा, मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्रता दिएको जनाएको छ । शुक्रबार कांग्रेसले मालिकार्जुनमा चुनावी आमसभाको आयोजना गरेको थियो ।

Leave A Reply

Your email address will not be published.