दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा मकैको खोस्टाबाट हस्ताकलाका सामग्री निर्माण गरिएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको सीपमुलक तालिम अन्तरर्गत गाउँपालिकाले त्यहाँका महिलाहरुलाई एक महिनासम्म मकैको खोस्टाबाट हस्ताकलाका सामग्री निर्माणमा सहयोग गरेको हो ।
मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाउन महिलाहरुलाई जागरुक बनाइएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए । पालिकाभित्रका महिलाहरु उद्यमी बन्ने अवसर प्राप्त गरुन भन्ने उद्देश्यका साथ मकैको खोस्टाबाट हस्ताकलाका सामग्री निर्माण गरिएको उनलेको भनाई छ ।
मकैको खोस्टामार्फत लेडिज झोला, टोपी, गिलास, कलसहरु लगायतका विभिन्न सामग्री बनाउने सिप सिकाएको गाउँपालिकाले जनाएको छ । एक महिना सम्म जारी तालिम आज अन्तराष्ट्रिय नारी दिवसको अवसरमा समापन गरिएको पालिकाले जनाएको छ । सीप सिकेर स्वावलम्बी र उद्यमी बन्न पाउँदा पालिकाभित्रका महिलाहरू खुसी भएका छन् ।
