काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बसेको छ।संयोजक तारामान गुरूङको नेतृत्वमा सानेपामा बैठक बसेको हो।
बैठकले दुई वटा निर्णय गरेको छ।
पहिलो, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय भएको छ। दोस्रो, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।