सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअलमाध्यमबाट अदालतमा उपस्थित गराउन लागिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थिति नगराई म्याद थपका लागि भर्चुअलमाध्यमबाट उपस्थित गराउन लागिएको हो ।

शनिबार पक्राउ परेका ओलीलाई आज प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थिति गराउने तयारी गरेको थियो ।

यद्यपि, उनको स्वास्थ्य समस्याका कारण भर्जुअलमाध्यमबाट उपस्थित गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.