दार्चुला जिप दुर्घटना: गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी लगियो (भिडिओ सहित)

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा–४ ओसिलमा भएको जिप दुर्घटनाका घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट धनगढी लगिएको छ । नेपाली सेनाको (एनए ०५५ ) नम्बरको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

जिप दुर्घटनाका घाइतेहरु मध्ये जिप चालक प्रकाश ठगुन्ना,जिपमा सवार अखबर महरा र मिनबहादुर पाललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते गाडी साहु एक जनाको अवस्था भने सामान्य छ। उनको गोकुलेश्वर स्थित मालिकार्जुन अस्पतालमा उपचार गरिएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते मध्ये जिपचालक प्रकाश ठगुन्नाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

घाइते मिनबहादुर पालको टाउको र हातमा चोट रहेको छ । यस्तै अखबर महराको छाती टाउको र प्रकाश ठगुन्नाको टाउकोमा चोट रहेको मालिकार्जुन अस्पतालले जानकारी दिएको छ । मंगलबार आज विहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१ –००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटनाका घाइते तीन जनालाई रिफर गर्ने तयारी

Leave A Reply

Your email address will not be published.