दार्चुला । नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा युवा नेता महेन्द्र जोशीले जिल्ला उपसभापतीमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ का निर्वाचीत वडा अध्यक्ष समेत रहेका नेता जोशीले जिल्ला अधिवेशनमा उपसभापतीको लागी उम्मेद्धारी घोषणा गर्नुभएको हो ।
२०३५ साल कार्तिक ९ गते लेकम गाउँपालिका वडा नम्बर ४ बुढाकोटमा जन्मिएका जोशी विद्यार्थी उमेर देखि नेपाली कांग्रेसको राजनीतीमा सक्रिय हुनुुहुन्छ ।
२०४५ सालमा रातामाटा बाट नेपाल विद्यार्थी संघको सभापति बन्नुभएका जोशी नेविसंघमा सक्रिय भएर लाग्नुभएको थियो । २०५५ सालमा पि.जी. डिग्री कलेज पिथौरागड प्रवासी विद्यार्थी संगठनका सचिव समेत बन्नुभएको थियो ।
तत्कालीन स्थानीय संरचनाको प्रथम पालिका सभापति रहेका जोशी २०७४ सालको स्थानीय निर्वाचनमा लेकम गाउँपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा भारी मतका साथ बिजयी हुनुभएको थियो ।लेकम गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संगै जोशी हाल लेकम गाउँपालिकाका प्रवक्ता समेत हुनुहुन्छ। लामो समय नेपाली कांग्रेस को । राजनीतीमा जिवन विताएका जोशी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका जिल्ला सदस्य समेत रहनुभएको छ।
झन्डै ३२ बर्ष नेपाली कांग्रेसको राजनीतीमा विताइसक्नुभएका जोशीले पार्टीलाई ठुलो योगदान दिनुभएको छ। २०४६ र २०६२/०६३ सालको आन्दोलनमा समेत पार्टी संगठनलाई मजबुद बनाउन लागी परेका जोशीले नेपाली कांग्रेसलाई गुट उपगुट रहित बनाउनका लागी जिल्ला उपसभापतिमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।
१० वर्षे सशस्त्र द्धन्द्धका बेला माओवादीको दवाब झेलेर पनि पार्टीलाई जोगाउन आफ्नो भुमिका रहेको उहाँले बताउनुभयो । सशस्त्र द्धन्द्धका क्रममा थुप्रै राजनीतिक दलका नेता कार्यकर्ताहरुले पार्टी छाड्नु पर्यो, भने कतिपयले कुटाई पनि खानु पर्यो उहाँले भन्नुभयो, तर आफुले भने कांग्रेस भएर बाच्नु पर्दछ र कांग्रेसलाई जोगाउनु पर्दछ भन्दै दवाब सहेर पनि हतास नभएको उहाँले बताउनुभयो ।
पार्टीमा गरेको योगदान र संर्घसले पार्टीको जिल्ला उपसभापतिको उम्मेदवारको पहिलो नम्बरमा हुने उहाँले दाबी गर्नुभयो । लेकम क्षेत्रमा जन प्रीय नेताको पहिचान बनाउनुभएका जोशीले पार्टी नेतृत्व चलायमान बनाइराख्नु पर्ने र नेतृत्व परिवर्तन गर्दै लैजानुपर्ने तथा लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । कांग्रेस लोकतन्त्रातिक व्यवस्था पक्षधर भएकाले सोही विधि र पद्धति अनुसार नै अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।