दुई दिनमा ७६ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ बढेको छ।

बुधबार तोलामा पाँच हजार आठ सय रूपैयाँ र आज एक हजार आठ सय गरी दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला पाँच हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.