कञ्चनपुर ३१ बैशाख ।
कञ्चनपुर महेन्द्रनगरको अस्पतालमा बरिष्ठ नाक, कान,घाटी (ईएनटी) डाक्टर सुसन शाक्य आएका छन । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मन्त्र अस्पतालमा बरिष्ठ नाक,कान,घाटी (ईएनटी) डाक्टर सुसन शाक्यले सेवा शुरु गरेका हुन । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले ईएनटी डाक्टर शाक्यले सेवा शुरु गरेको बताए । अस्पतालले अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आधुनिक, सुरक्षित तथा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ ।
एमबीबीएस (केयु) तथा एमएस ENT & Head & Neck Surgery (केयु) अध्ययन पूरा गरेका डा. शाक्य यसअघि Lumbini Medical College मा कार्यरत रहिसक्नुभएको अनुभवी ENT विशेषज्ञ हुनुहुन्छ। उहाँद्वारा कान, नाक तथा घाँटी सम्बन्धी विभिन्न रोगहरूको विशेषज्ञ उपचार सेवा प्रदान गरिनेछ।
उहाँले कान दुख्ने, कानबाट पानी आउने, सुन्नाइ कम हुने, नाक बन्द हुने, एलर्जी, साइनुसाइटिस, घाँटी दुख्ने, टन्सिल समस्या, आवाज सम्बन्धी समस्या लगायत Head & Neck Surgery सम्बन्धी उपचार सेवा प्रदान गर्नेछन्।
साथै अस्पतालमा आधुनिक प्रविधिबाट:
• Microscopic Surgery
• NPL (Naso-Pharyngo-Laryngoscopy)
• PTA (Pure Tone Audiometry)
लगायतका विशेषज्ञ सेवाहरू पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार बिरामीहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ परामर्श सेवा लिन सक्नेछन्। साथै मन्त्र अस्पतालमा २४सै घण्टा आधुनिक आईसियु तथा आकस्मिक सेवा पनि सञ्चालनमा रहेको छ।
स्वास्थ्य क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले विशेषज्ञ सेवा विस्तारसँगै सुदूरपश्चिमका बिरामीहरूलाई सहज, प्रभावकारी तथा गुणस्तरीय उपचार उपलब्ध गराउने विश्वास लिएको जनाएको छ।