होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता
क्वाटर फाईनलमा आयोजक र शान्ति निकेतन विजयी
कञ्चनपुर २० जेष्ठ ।
पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ ।
भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि(२० क्रिकेट प्रतियोगिता जारी रहेको हो ।
होलीफेम्ली ईङलिश मिडियम स्कुल, होलीफेम्ली स्र्पोट एकेडेमीको आयोजना र भीमदत्त नगरपालिकाको सहआयोजनामा पहिलो पटक नगरका माध्यामिक तह विद्यालयका टिमविच क्रिकेट प्रतियोगितामा दैनिक प्रतिस्पर्धा भएको छ ।
बुधबार भएको क्वाटर फाईनल प्रतियोगितामा आयोजक होलीफेम्ली र शान्ति निकेतन मावि विजयी भएका छन ।
आयोजक होलीफेम्लीले वेष्टर्न माविलाई १विकेटले पराजित गरेको छ । वेष्र्टनले दिएको १०७रनको टार्गेट पुरा गर्दै जित हासिल गरेको छ । यस्तै शान्ति निकेतनले सनराईजलाई १४४रनको टार्गेट दिएपनि पुरा गर्न नसकेपछि शान्ति निकेतनले जित हासिल ग¥यो ।
होलीफेम्लीका तपन अवस्थी र शान्ति निकेतनका ईसान दौल्याल म्याद अफ दी म्याच भएका छन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले प्रतियोगिता निरन्तर संचालन भएको बताए ।
उनका अनुसार जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो, ‘उनले भने, ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’ होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त कार्यक्रम संचालन गरिएको बताए । प्रतियोगिता लिग नकआवटका आधारमा संचालित हुनेछन । प्रतियोगितामा नगरका १८टिमविच प्रतिस्पर्धा
गराईनेछ ।
होलीफेम्ली ईङलिश मिडियम स्कुलका संचालक भुपाल सिह विष्टले विद्यालयकै खेलकुद मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । संचालक विष्टका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ सहितका सरोकारवाला निकायको समन्वय, सहयोग, सहकार्यमा नगरपालिका मावि स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको र भीमदत्त नगरपालिका भित्रकै माध्यामिक तहका विद्यालयविच प्रतिस्पर्धा हुनेछ ।
विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आगामी दिनमा प्रतियोगिता थप स्तरिय बनाउने संचालक विष्टको सकल्प छ ।
प्रतियोगिताको उद्घाटन गर्दै भीमदत्त नगरपालिका समाजिक विकास समितिका सयोजक शुशिल भट्टले पालिका सहितको अपनत्व हुने गरेर आयोजना गरिएको प्रतियोगिताले क्रिकेट क्षेत्रको विकासमा टेवा पुग्ने बताए । भट्टले विद्यालय स्तरटबाटै हुने प्रतियोगिताले कञ्चनपुर क्रिकेटकै हब बन्ने दावि गरेका छन । प्रतियोगिता विजेता टिमलाई नगद ५१ हजार, १सय ११, उपविजेता टिमलाई नगद ३१ हजार, १सय ११रुपैया सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिनेछ ।
हरेक प्रतियोगितामा मेन अफ द मेचका साथमा ट्रफि प्रदान गरिनेछ । बेष्ट ब्याटसेन टूफि सहित २५सय, बेष्ट बलर ट्रफि सहित २५सय, बेष्ट फिल्डर ट्रफि सहित २५सय, मेनअफ द सिरिज ट्रफि सहित ३ हजार, उदयमान खेलाडी र मेद अफ द मेचलाई ट्रफि सहित नगद १५सयका दरले पुरस्कार प्रदान गरिनेछ । हरेक खेलाडीको उमेर १९ं बर्षमुनी हुनुपर्ने तोकिएको र प्रतिस्पर्धी टिमहरुलाई चार समुहमा विभाजन गरेर खेल संचालन भईरहेका छन । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले भीमदत्तकै होलीफेम्ली विद्यालयले प्रदेशमै पहिलो पटक ठुलो आयोजना गर्न लागेको बताए । उनले विद्यालयबाटै हुने मावि स्तरिय क्रिकेट प्रतियोगिताले थप क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाटै पहिलो पटक मावि स्तरिय प्रतियोगिता संचालन हुन लागेको बताए । शिक्षा शाखा प्रमुख जोशीले पालिका सहित विद्यालयले पहिलो पटक अन्तर मावि स्तरिय प्रतियोगिताले खेलकुदका साथै थुप्रै क्षेत्रमा आयाम थप्ने बताए । नगरभरीकै विद्यालयका टिमटिम हुने क्रिकेट प्रतियोगिता हुने भएपछि खेलाडीको अवसरदेखि दर्शकहरुले अवलोकनका लागि स्थानीय क्रिकेटका पारखीलाई सहज हुने भएको छ ।