शैल्यशिखर नगरपालिकाको १९औं नगर अधिवेशन उद्घाटन

दार्चुला । “समृद्ध शैल्यशिखर, खुशी शैल्यशिखर नगरवासी“ भन्ने मूल नाराका साथ दार्चुलाको शैल्यशिखर नगरपालिकाको १९औं नगर अधिवेशन गोकुलेश्वरमा विधिवत् रूपमा सुरु भएको छ। नगरपालिकाको सभा हलमा आयोजित एक विशेष समारोहका बीच अधिवेशनको उद्घाटन गरिएको हो।

नगरपालिकाका प्रमुख (मेयर) विजय सिंह धामीको अध्यक्षता तथा नगर उप–प्रमुख (उपमेयर) शान्ति खडाायतको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विजय सिंह धामीले नगरको चौतर्फी विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम तय गरिने बताए । साथै, उप–प्रमुख शान्ति खडायतले नगरवासीको भावना र आवश्यकतालाई समेट्दै सुशासन र समृद्धितर्फ नगरपालिका अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने र त्यसमाथि विस्तृत छलफल गरी पारित गरिने जनाइएको छ। अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.