दार्चुला । दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको महाकाली नगरपालिका–४ मोहतीबाट १३ ग्राम चरेशसहित दुहुँ गाउँपालिका–४ का ४३ बर्षीय राजेन्द्रसिंह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।