इलाका प्रशासन कार्यालय गोकुलेश्वरबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

दार्चुला।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले विभिन्न स्थानीय तहका सेवाग्राहीहरूका लागि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ।

कार्यालयले एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्राप्त भएका कार्डहरू वितरण गर्न लागिएको जानकारी दिएको छ ।

सूचना अनुसार,२०७७ साल असोजदेखि २०८० श्रावण मसान्तसम्म राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराई कार्ड प्राप्त भएका स्थानीय तहका सेवाग्राहीहरूलाई कार्ड वितरण गरिने तयारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण कार्य इलाका प्रशासन कार्यालय, गोकुलेश्वर बाट सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.