अपिहिमालका दुई वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा विस्तार 

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको वडा – ३ र ४ मा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सेवा विस्तार गरिएको छ।

गाउँपालिका केन्द्रसमेत रहेको वडा– ४ तथा वडा – ३ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेपछि स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

यससँगै लामो समयदेखि भरपर्दो विद्युत सेवाको प्रतीक्षामा रहेका त्यहाका स्थानीयले अब नियमित विद्युत उपयोग गर्न पाउने भएका छन्।

राष्ट्रिय प्रसारण लाइन विस्तार भएसँगै स्थानीयको दैनिक जीवन सहज हुने, शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना व्यवसाय सञ्चालनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

साथै, वैकल्पिक ऊर्जा स्रोतमा निर्भरता घट्दै गाउँपालिकाको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीयवासीले राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.