घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

कञ्चनपुर
कञ्चनपुर बेदकोट नगरपालिकामा रहेको एक क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बेदकोट नगरपालिका – ३ दैजीमा रहेको घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
क्याम्पस प्रमुख देवदत्त पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै घटाल बहुमुखी क्याम्पसलाई प्रविधि मैत्री तथा डिजिटल शिक्षाको नमुना क्याम्पसका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँदै चालु शैक्षिक सत्रदेखि सामादैजी र सुडा दुवै केन्द्रबाट नियमित पठनपाठन सञ्चालन गरिने बताउँदै औपचारिक शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, एप्लिकेसन तथा वेबसाइट विकासलगायतका व्यावसायिक सीपमूलक कार्यक्रममार्फत विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी जनशक्ति बनाउने योजना रहेको बताए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका उदयदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र के।सी।, घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर दौल्याल तथा बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दल, विशिष्ट अतिथि हरि बोहरा तथा प्रमुख अतिथि एवं नगरप्रमुख भोजराज बोहरालाई क्याम्पसको तर्फबाट अभिनन्दन गरिएको थियो।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा रहनुभएको थियो। क्याम्पसका संस्थापक अध्यक्षहरि बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको छात्रा पूजा साउदले संचालन गरेको कार्यक्रममा सरोकारवाला निकायको सहभागिता थियो । भवन निर्माणसंगै विद्यार्थीलाई पठनपाठनमा सहजता हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.