गणेश नेपाली आत्मदह प्रकरण ः बैद्धिक सनातन युवा मोर्चाद्वारा बिरोध प्रर्दशन

कञ्चनपुर 
काठमाण्डौँ महानगर प्रहरीका कारण आत्मदह गरेका गणेश नेपालीको न्यायका लागि भन्दै बैद्धिक सनातन युवा मोर्चाले बिरोध प्रर्दशन गरेको छ ।
राष्ट्र,राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपाल निकट बैद्धिक सनातन युवा मोर्चाले नेपालीको न्यायका लागि काठमाण्डौँमा बिरोध प्रर्दशन गरेको हो । राष्ट्र,राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालका महाकाली अञ्चल संयोजक चक्रदेव जोशीले महानगर प्रहरीदेखि सिङ्गो राज्यका कारण एक नेपालीले दिउँसै आत्मदह गरेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानूनी कार्बाहीको माग अघि सारेका छन । यसैविच राष्ट्र,राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालले कञ्चनपुरकी शारदा थापा, रामेश्वरी देवी रावललाई सदस्य, कमला भट्टलाई सचिवको जिम्मेबारी दिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.