सुदुरपश्चिममा निजामती कर्मचारी विद्यालयको आफ्नै भवन

कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशमा निजामती कर्मचारी आवासीय विद्यालयको आफ्नै भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा निजामती कर्मचारीको आवासीय विद्यालयको आफ्नै भवन निर्माण भएको हो । पश्चिम नेपालमा निजामती कर्मचारीको डोटी र कोसी प्रदेशको धनकुटामा मात्रै निजामतीको आवासीय विद्यालय रहेका छन ।

०७३सालतिर सुदूरपश्चिममा स्थापना भएको निजामती विद्यालयको एक दशक अर्थात १० बर्षमा आफ्नै शैक्षिक भवन निर्माण भएको जनाएको छ । ८भदौँ ०८३ (सोमबार) एक कार्यक्रमका विच निजामती विद्यालय भवनको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले विद्यालय भवनको उद्घाटन गर्दै प्रदेशमै नमुना विद्यालय एक मात्रै भएकाले यस क्षेत्रका निजामती कर्मचारीका सन्तानका लागि सुविधा पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शिक्षा महानिर्देशक विष्टले छात्रछात्राको आवास सहित दुई तले शैक्षिक भवन संचालनमा आएसंगै अब पठन पाठनमा सुविधा पुग्ने बताए । यस अघि भाडाको घरमा रहेको विद्यालय अब आफ्नै भवनमा सरेपछि विद्यार्थीलाई थप सुविधा भएको छ । हाल कक्षा ६देखि १०सम्म पठन पाठन हुने उक्त विद्यालयले आगामी दिनमा थप शैक्षिक कार्यक्रम संचालन गर्ने योजना अघि सारेको छ ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा शिक्षक, कर्मचारी, शिक्षा निर्देशनालयका कर्मचारी, अभिभावक सहितका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.