कञ्चनपुर
कञ्चनपुर जिल्ला अदालतले जरिवाना बाफत ५ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक बर्ष ०८२÷०८३ मा कञ्चनपुर जिल्ला अदालतले जरिवाना बाफत ५ करोड १३ लाख, ५१ हजार, नौसय ७ रुपैया राजस्व संकलन गरेको हो ।
गत विगतका बर्षहरुमा विभिन्न प्रकृतिका मुद्दाबाट ३० करोड, १४ लाख, ९७ हजार, तीनसय १२ रुपैया बक्यौता भएपनि उक्त रकम अशुल्न सफल भएको हो । अझै २५ करोड, १लाख, ४५ हजार, चारसय ५ रुपैया संकलन गर्न बाँकी रहेको छ ।यस्तै कैद तर्फ समेत ३४।३३प्रतिशत प्रगति गरेको छ ।
देशभर मुद्दा फैसलामा पहिलो भएका न्यायाधिश राजेन्द्र सिह भण्डारीले अदालतमा उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरेर मुद्दा फछ्यौट गरिएको बताए ।
कञ्चनपुर जिल्ला अदालतका तहशिलदार नारायणदत्त ओझाले फैसला भएका मुद्दामा जरिवाना तोकिएका व्यक्तिहरुबाट उक्त रकम एकै बर्षमा अशुल गरिरहेको बताए । श्रेस्तेदार जनक प्रशाद शर्माले गत आर्थिक बर्ष ०८२÷०८३मा अधिल्लो बर्ष सरी आएका छसय ८८, एक हजार पाँचसय २० नयाँ दर्ता गरेर दुई हजार दुईसय ८ मुद्दा मध्ये एक हजार ५सय २४ मुद्दा फैसला गरिएको बताए । एक हजार चारसय ११ मुद्दा फछ्यौट गर्ने लक्ष्य अघि सारेपनि एकसय १३ मुद्दा बढी फछ्यौट गरिएका छन ।

६सय ८४मुद्दा फछ्यौट हुन बाँकी रहेका छन । १८ महिना भित्रका ६सय ६१, १८ महिना घाटेका २३ बाँकी रहेका छन । भने दुई बर्ष घाघेका सुन्य मुद्दा रहेका छन । न्यायाधिश राजेन्द्र सिह भण्डारीको ईजलासले एक हजार ११, सुर्य प्रसाद भण्डारीको ईजलासले चारसय ९७, आत्मदेव जोशीको ईजलासले १६मुद्दा फैसला गरेका थिए । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिह भण्डारीले भौतिक सरचना अभाव चुनौती रहेको
औल्याए । मुद्दाको अधिक चाप हुने कञ्चनपुरमा अब तीन ईजलास सहितका सोही अनुरुप कर्मचारी सेवाग्राहीका लागि आधुनिक भवन आवश्यक रहेको औल्याए ।
न्याय निरुपण, फैसला कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कर्मचारी प्रहरीलाई सम्मान
यसैविच कञ्चनपुर जिल्ला अदालतले न्याय निरुपण, फैसला कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अदालतका कर्मचारीदेखि प्रंहरी अधिकृत प्रहरीलाई सम्मान गरिएको छ ।
कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले उत्कृष्ट कार्य सम्पादन गर्ने नासु रुद्र प्रशाद बोगटी, अधिकृत लक्ष्मण चपाई र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक९एसपी० नेत्रमणी गिरी, डिएसपी टेक बहादुर रावत, मुद्दाफाँट इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र सिह थापा, प्रहरी नायब निरीक्षक भान बहादुर चन्द, जिल्ला अदालतमै कार्यरत प्रहरी बरिष्ठ हवल्दार जमन सिह भाट, प्रहरी सहायक हबल्दार नरेन्द्र बहादुर रानालाई सम्मान गरिएको छ ।
अदालतका कर्मचारीलाई नगद जनही ५ हजार र प्रहरी अधिकृत कर्मचारीलाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छ । न्यायाधीयद्वय राजेन्द्र सिह भण्डारी र सुर्य प्रशाद भण्डारीले प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्य सम्पादनमा उत्साह थप्नका लागि कर्मचारीदेखि प्रहरीलाई सम्मान गरिएको अदालतले जनाएको छ ।