कञ्चनपुर
कञ्चनपुरको पवनदुत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले नयाँ आधुनिक बस संचालनमा ल्याएको छ । महेन्द्रनगरको पवनदुत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले नयाँ आधुनिक बस संचालनमा ल्याएको हो ।

पवनदुतले राजगद्दी नाम लिएर महेन्द्रनगर काठमाण्डौँ सेवा प्रवाहका लागि आइतबारदेखि बस संचालनमा ल्याएको जनाएको छ । पवनदुत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका कार्यालय प्रमुख बिरेन्द्र बहादुर शाहले पहिलो चरणमा चार र लगत्तै एक थप गरिने बताए । उनका अनुसार उक्त बस सुविधायुक्त छ । नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष डम्बरराज पन्तले उद्घाटन गर्दै गुणस्तरिय सेवामा जोडदिए ।