अन्र्तराष्ट्रिय तेक्वान्दाे प्रतियोगितामा कञ्चनपुरका विष्टलाई गोल्डमेडल 

कञ्चनपुर 

अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका तर्फबाट सुदूरपश्चिम प्रदेश कञ्चनपुरका महेन्द्रनगरका स्थानीय सुमित विष्टले गोल्डमेडल ल्याएका छन ।

हालै कोरियामा सम्पन्न भएको एसियन अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका तर्फबाट सुदूरपश्चिम प्रदेश कञ्चनपुरका महेन्द्रनगरका स्थानीय सुमित विष्टले गोल्डमेडल ल्याएका हुन ।

गोल्डमेडल ल्याएका विष्टलाई आयोजकले मेडल, प्रमाण पत्र सहितका नगद पुरस्कार प्रदान गरिएको छ । १३औँ रािष्ट्रय राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत गोल्डमेडल ल्याएका विष्टले अहिले फेरी एसियन अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि मेडल ल्याएका हुन । भीमदत्त नगरपालिका १६ महेन्द्रनगरका स्थानीय समेत रहेका विष्टले अन्र्तराष्ट्रिय प्रतियोगितमा मेडल ल्याएसंगै घर परिवारदेखि गृहनगरमा खेलाडी उत्साहित भएका छन । सानैदेखि खेलकुदप्रति रुची राखेका विष्ट नेपाल प्रहरी क्लबमा आबद्ध छन ।

 

Leave A Reply

Your email address will not be published.