हिन्दु स्वयम सेवक संघको ध्वज पुजन तथा गुरु दक्षिणा कार्यक्रम

कञ्चनपुर

हिन्दू स्वयम सेवक संघ नेपालले ध्वज पुजन तथा गुरु दक्षिणा कार्यक्रम गरेको छ । हिन्दुस्वयम सेवक संघले गुरु पूर्णिमाको अवसरमा बुधबार महेन्द्रनगरमा ध्वज पुजन तथा गुरु दक्षिणा कार्यक्रम गरेको हो ।

 

हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रीय महाचिव हर्केष विष्टले हरेक बर्ष जस्तै यस बर्ष ०८३मा पनि ध्वज पुजन तथा गुरु दक्षिणा कार्यक्रम गरेको बताए । उनका अनुसार कार्यक्रममा हिन्दुका अगुवाहरुले धर्म सरक्षणका जोडदिएका छन ।

 

हिन्दु स्वयम सेवक संघ भीमदत्त नगरका अध्यक्ष रामदत्त भट्टको अध्यक्षतामा संघका केन्द्रीय सहराष्ट्रिय प्रचारक रेवित कुमार मुख्यवक्ता रहेको कार्यक्रममा संघका प्रदेश अध्यक्ष मगल बहादुर सिह, जिल्ला अध्यक्ष जनकराज पाण्डेय सहितका हिन्दुस्वयक संघमा आबद्ध अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.