महेन्द्रनगरको भृकुटी माविमा प्राविधिक शिक्षा फस्टाउँदै
एकै पटक १२ विद्यार्थीले निकाले लोकसेवा, आफ्नै निजी व्यपार देखि सरकारी गैर सरकारी क्षेत्रमा कार्यरत
कञ्चनपुर
कञ्चनपुरको एक समुदायिक विद्यालयबाट प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी सरकारी, गैर सरकारी संघ संस्था कार्यालयमा कार्यरतदेखि आफ्नै निजी व्यापार व्यवसायमा जुटेका छन ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको भुकुटी माध्यामिक विद्यालय (ईन्जिनियङ कलेज)बाट प्राविधिक शिक्षा अध्ययन गरेका २४ विद्यार्थी सरकारी कार्यालय, ४ निजी जलविद्युत आयोजना र अधिकाँसले आफ्नै निजी व्यवसायमा जुटेका हुन ।
झण्डै ६ दशकदेखि अर्थात ०२६ सालमा स्थापना भएको भृकुटी माविले ०७५ सालदेखि विद्यालयमा प्राविधिक शिक्षा अध्यापन गराईरहेको छ । तत्तकालिन व्यवस्थापन समितिका अध्यक्ष भीम भट्ट र प्रद्यानाध्यापक केशवदत्त पन्तको परिकल्पना अनुरुप विद्यालयमा प्राविधिक शिक्षा शुरुवात गरेका थिए ।
अध्यक्ष भट्ट र प्रअ पन्तले विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभिटी)बाट अनुमती लिएर विद्यालयमा ईलेक्ट्रीकल शिक्षा शुरुवात गरेपछि विद्यार्थी प्राविधिक शिक्षातर्फ आर्कर्षित भएका हुन ।
जिल्ला सदरमुकाम महेन्द्रनगरकै मुटुमा रहेको भुकुटी ईन्जिनियङ कलेजबाट ईलेक्ट्रिकल ईन्जिनियर उर्तीण गरेका २४ विद्यार्थीले लोक सेवा पास गरेर सरकारी सेवामा प्रवेस गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको तथ्याङ्क अनुसार एकै पटक १२ जनाले लोक सेवा पास गरेका छन, आर्थिक बर्ष ०८१÷०८२मा नेपाल विद्युत प्राधिकरणले खोलेको पाँचौ तहको विज्ञापनमा भृकुटीमा मात्रै १२ विद्यार्थी एकै पटक लोक सेवा उर्तीण गरेका हुन । ईन्जिनियर प्रशिक्षक विशेष शाह र प्रशिक्षक सन्तोष खडायत पाँचौ तह विद्युत प्राधिकिरण महेन्द्रनगर शाखामा कार्यरत छन ।
महेश अवस्थी, सागर भट्ट, निशा ओझा, पारस जोशी विद्युत प्राविधकरण महेन्द्रनगर शाखा, मदन टुकुरिया, कपिल जोशी, प्रदिप कुँवर विद्युत प्राविधिकरण बेलौरी शाखा, दिपेश अवस्थी लालपुर वितरण केन्द्र, रोहित बोहरा, दिनेशचन्द्र ओझा विद्युत प्राधिकरण धनगढी शाखा,
ओम प्रकास जोशी , सुरेन्द्र जोशी, दार्चुला,दिपक चौधरी विद्युत प्राधिकरण बर्दिया, हरिश महरा विद्युत प्राधिकरण हाईड्रोपावर लमजुङ, राजेश चौधरी, लोकराज जोशी डोटी, समिर दास अछाम, रविन्स भट्ट, हरिस धामी बझाङ्ग विद्युत प्राविधिकरणमा कार्यरत छन । भने, केशव विष्ट दार्चुलाको चमेलिया जल विद्युत आयोजना, कविराज भट्ट बुढीगंगा जलविद्युत आयोजना, निराजन विष्ट, नयाँ चलेलिया जल विद्युत आयोजना, सुनिल कठायत पूर्व मध्य भोटेकोशी जल विद्युत आयोजनामा कार्यरतछन । भने,दजनौँ आफ्नै निजी व्यापार व्यवसायमा जुटेका छन ।
भृकुटी माविका प्रद्यानाध्यापक समेत रहेका ईन्जिनियरिङ शिक्षालय प्रमुख किशोर सिह महराले विद्यालयले प्राविधिक शिक्षा अध्यापन गराएको झण्डै ८ बर्षको बर्षको अवधिका उत्पादन भएका विद्यार्थीहरु अहिले सरकारी, गैर सरकारीदेखि आफ्नै निजी ईलेक्ट्रिकल व्यवसायमा जुटेको बताए । उनका अनुसार शुरुवाती बर्षहरुमा १८ महिने प्रि डिप्लोमा ईन ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग र ३ बर्षे डिप्लोमा ईन ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग अध्यापन गराएको बताए । ‘कोरोना महामारीपछि १८महिने कोर्ष बन्द गरेर २४महिने प्रशिक्षक, प्रशिक्षण कक्षा संचालन गरेका छौँ, ‘उनले भने, ‘विद्यालयमा कार्यरत प्रशिक्षकदेखि विद्यार्थीले लोक सेवा उर्तीण गरेर अधिकाँस विद्युत प्राविधिकरणमा कार्यरत रहेको बताए । पछिल्ला बर्षहरुमा विद्यार्थीमा बैदेशिक रोजगारीका कारण प्राविधिक वा अन्य शिक्षा अध्ययन गर्ने दर घटेकाले उल्लेख रुपमा उत्साहित भएर विद्यार्थी पठन पाठन नगर्ने गरेको बताए । ‘यहाँ हामी प्राविधिक शिक्षाका लागि शिक्षक भर्ना गछौँ, ‘उनले भने, ‘एक दुई बर्षभित्रै लोक सेवा उर्तीण गरेर उनीहरु जागिरमा जान्छन, स्थायी जनशक्ति टिकाउन समेत समस्या भएको
छ ।’
भृकुटी माविका सहायक प्रद्यानाध्यापक समेत रहेका ईन्जिनियरिङ शिक्षालय संयोजक चक्र्र सिह महराले प्राविधिक शिक्षा तर्फ विद्यालयले नियमित गुणस्तरिय पठनपाठनका साथै स्वयम विद्यार्थीले मेहनत गर्दाको परिमाण भएको बताए । ‘हाम्रो विद्यालयमा प्राविधिक शिक्षा अध्ययन अध्यापन हुँदादेखि शिक्षक, प्रशिक्षकहरुमा कार्यविभाजन गरिएको छ, ‘उनले भने, ‘सोही अनुरुप हामीले दैनिक पठन पाठनमा केन्द्रीत गराएका छौँ ।’ विद्यालयमा निःशुल्कदेखि सहुलियत सःशुल्कहुँदा समेत विद्यार्थीले माध्यामिक तह अध्ययन लगत्तै बैदेशिक रोजगारीमा जाने लहरका कारण प्राविधिक शिक्षा पढनका लागि सबै उत्साहिन नहुने गरेको बताए । ईलेक्ट्रिकल स्वदेशमा मात्रै होईन विदेशमा समेत माग बढिरहेका बेला सीप सिकेर मात्रै बैदेशिक रोजगारी वा आफै स्वरोजगार बन्नुपर्छ भन्ने भावनाको विकास अझै नभईसकेको बताए । विद्यालयले आगामी दिनहरुमा समेत थप प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने लक्ष्य अघि सारेको छ ।