ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो

दार्चुला  – रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको ज्यान गएको छ ।

बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ४ का ५३ वर्षका गीतानाथ खनाल र उहाँको १३ वर्षको छोरा सुदीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

Leave A Reply

Your email address will not be published.