उपचारका लागि सहयोगको प्रतीक्षामा दलित समुदायका अगुवा एवं समाजसेवी सुनार

कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडी– २ निवासी तथा दलित समुदायका अगुवा एवं समाजसेवी दिलबहादुर सुनार अहिले अस्पतालको शय्याबाट जीवनका लागि संघर्ष गरिरहेका छन्। अरूलाई परेको दुःखमा सधैँ साथ र सहयोगका लागि अघि सर्ने दिलबहादुर आज आफैँ उपचारका लागि सहयोगको प्रतीक्षामा छन्।

केही दिनअघि बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा ब्लड क्यान्सरको पहिलो चरण देखिएपछि परिवार चिन्तित बनेको छ। हाल उनको उपचार भारतको दिल्लीमा भइरहेको छ। आफन्त तथा इष्टमित्रहरू दिल्लीमै रहेकाले उपचारका लागि उनलाई उतै लगिएको परिवारले जनाएको छ।

उपचार लामो र खर्चिलो हुने भएपछि कमजोर आर्थिक अवस्थाका कारण परिवारलाई थप समस्या परेको छ। त्यसपछि गाउँघरमा ‘दिलबहादुर बचाउ अभियान’ सञ्चालन गरी उपचारका लागि आर्थिक सहयोग जुटाउन थालिएको छ।

समाजमा कसैलाई अप्ठ्यारो पर्दा सहयोगका लागि पहिलो पंक्तिमा उभिने दिलबहादुरको जीवनरक्षाका लागि अहिले आफन्त, साथीभाइ, इष्टमित्र र शुभचिन्तकहरू एकजुट भएका छन्। मिलनसार स्वभाव र सामाजिक सेवाका कारण धेरैको मनमा बसेका ६५ वर्षभन्दा माथिका दिलबहादुरलाई अहिले सबैको साथ र सहयोगको खाँचो छ।

आज दिलबहादुरलाई परेको संकट कुनै एक परिवारको मात्र पीडा होइन, उहाँले वर्षौँदेखि समाजमा बाँडेको साथ र मानवताको ऋण तिर्ने अवसर पनि हो। तपाईंको सानो सहयोगले उहाँको उपचारमा ठूलो राहत पुग्नुका साथै एउटा अमूल्य जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

त्यसैले देश तथा विदेशमा रहनुभएका आफन्त, इष्टमित्र, शुभचिन्तक तथा सम्पूर्ण सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी दिन दिलबहादुर सुनारले हार्दिक अपिल गररेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.