बझाङ्गका कमल विकलाई दिशा गराएर लागु औषध बरामद 

कञ्चनपुर ।

बझाङ्गका एक युवकले लागु औषध तस्करी गर्ने अनौठो अप्रत्यारिलो जुक्ति निलेका छन । जयपृथ्वी नगरपालिका ३ का कमल विकले खाएर पेटभित्र राखेर लागु औषध तस्करी गर्ने जुक्ति निकालेका हुन ।

विकले भारतबाट नेपालमा पेटभित्र लुकाएर लागु औषधको तस्करी गर्दै आएको खुलेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले विकलाई गड्डाचौकी क्षेत्रबाट शंकाको आधारमा पक्राउ गरेका थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले सुराकीको आधारमा विकलाई निगरानी गरेर नियन्त्रणमा लिएर सोधपुछका क्रममा थप शंका लागेपछि प्रहरीले उनलाई महाकाली अस्पतालमा लगेको थियो । विकलाई दिशा गराएर लागु औषध बरामद गरेको प्रवक्ता रावतले बताए । उनका अनुसार दिसामा कालो प्लाष्टिक भित्र ९पुडिया ७.७५ग्राम खैरो हिरोईन बरामद गरिएको छ ।

विकले यसरी नै भारतबाट सेवन गरेर पेटमा राखेर नेपालमा तस्करी गर्दै आएको वा प्रहरी देखेर खाएको बारे थप अनुसन्धान भईरहेको जनाएको छ । लागु औषध नियन्त्रणमा कञ्चनपुर प्रहरीले गत बर्ष चारसय बढी मानिस पक्राउदेखि उनीहरुको साथबाट चरेश सहितका आधुनिक लागु औषध बरामद गरेको थियो । लागु औषधका ओसारपोसारकर्तादेखि उपभोग सेवन गर्ने मात्रै नभई मुख्य डिलर कारोबारीको समेत सञ्जाल भत्काउनुपर्नेमा नागरिक स्तरबाट आवाज उठिरहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.