नर्सिङ्ग काउन्सिलको रजिष्ट्रारमा सुदूरपश्चिमकी पार्वती विष्ट

कञ्चनपुर 
नेपाल नर्सिङ्ग काउन्सिलमा सुदूरपश्चिम प्रदेश दार्चुला,कञ्चनपुरकी पार्वती विष्ट नियुक्त भएकी छिन ।
सरकारले हालै नर्सिङ्ग काउन्सिलको अध्यक्ष, रजिष्ट्रार सहितका पदाधिकारी नियुक्त गरेको थियो ।

 

रजिष्ट्रारमा नर्सिङ्ग अधिकृत समेत रहेका विष्टलाई नियुक्त गरेको जनाएको छ । अध्यक्षमा सकुन्तला प्रजापती, उपाध्यक्ष बिमला कुमार शाहलाई नियुक्त गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । बिहीबार स्वास्थ्यमन्त्री निसा मेहताले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन ।

 

नेपाल नर्सिङ्ग काउन्सिलले नर्सिङ्ग शिक्षाको गुणस्तर नर्सहरुको दर्ता, ईजाजत व्यवसायिक आचारसंहिता कार्यान्वयनदेखि कामकाज गर्दै आएको छ । नर्सिङ्ग रजिष्ट्रारमा नियुक्त भएकी विष्टले सुदूरपश्चिमका विभिन्न अस्पतालदेखिका अन्य जिल्लामा पनि कामकाज गर्दै गर्दा पुरस्कार एव सम्मान पाएकी थिईन । नर्सिङ्ग काउन्सिल रजिष्ट्रारको जिम्मेबारी पाएकी पार्वती विष्टले सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेकी छिन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.