स्तन क्यान्सरबाट पीडित पार्वती लुहारले गरीन उपचारका लागि आर्थिक सहयोगको अपिल

दार्चुला ।

दार्चुलाको लेकम गाउँपालिका–४, बचपाली स्थायी घर भएकी ३८ वर्षीया पार्वती लुहार स्तन क्यान्सरबाट पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। नैन राम लुहारकी बुहारी पार्वती विगत एक महिनादेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी छन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले लामो समयदेखि भइरहेको उपचार खर्च जुटाउन समस्या भएको परिवारले जनाएको छ। क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेकी पार्वतीका १३ वर्षीय छोरा र १४ वर्षीया छोरी छन्। उपचारका लागि आवश्यक रकम अभाव हुँदा परिवार थप चिन्तित बनेको छ। पार्वतीको उपचारमा सहयोग पुर्‍याउन इच्छुक व्यक्ति तथा संस्थालाई सक्दो आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। सहयोगी हातहरूबाट प्राप्त सानो सहयोगले समेत उपचारमा ठूलो राहत पुग्ने परिवारको अपेक्षा छ। पीडित पार्वतीको आफ्नै बैंक खाता नभएकाले सहयोग गर्न चाहनेहरूले Laxmi Sunrise Bankको तल उल्लेखित क्यूआर कोड स्क्यान गरी सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सहयोग गरेपछि भुक्तानीको स्क्रिनसट सम्बन्धित व्यक्तिको Messengerमा पठाइदिन समेत आग्रह गरिएको छ।

 

Oplus_131072

सहयोगका लागि बैंक विवरण:

 

नाम: GOVINDA SINGH DHAMI

 

बैंक: SUNRISE SAVINGS

 

खाता नं.: 09020008515

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.