कांग्रेसका क्रियाशील सदस्यताबारेमा १० हजार उजुरी

नेपाली कांग्रेसको क्रियाशील सदस्यका बारेमा १० हजार कमेन्ट आएका छन् । महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रदीप पौडेलले केन्द्रीय समितिमा पेस गरेको विवरणमा सो जानकारी छ ।

नयाँ सदस्यता लिने तथा अद्यावधिक गराउने क्रियाशील सदस्यहरूको हकमा डिजिटल प्रणालीमा कमेन्ट आएका हुन् ।

ती कमेन्टका आधारमा त्रियाशील सदस्यका बारेमा परीक्षण गर्न वडा सभापतिहरूलाई केन्द्रीय प्रणालीले पठाएको छ । वडा सभापतिको प्रतिक्रियाको आधारमा कमेन्ट आएका त्रियाशील सदस्यका बारेमा निर्णय लिइन्छ ।

क्रियाशील सदस्यहरूको मृत्यु भएको, अर्को पार्टीको उम्मेदवारलाई प्रस्ताव र समर्थक भएका कमेन्टहरू आएका छन् ।

भक्तपुर, बाग्लुङ, डोटीलगायतका ४ जिल्ला सभापतिको अद्यावधिक नभएको, ८ लाख हाराहारीमा अद्याधिक भएको बैठकमा जानकारी दिइएको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.