सामुदायिक वन दिवसको अवसरमा कञ्चनपुरका विभिन्न स्थानमा बृक्षारोपण

कञ्चनपुर ।

सामुदायिक वन दिवसको अवसरमा कञ्चनपुरका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।

 

सोमबार भीमदत्त र बेदकोट नगरका विभिन्न नदी खोला तटिय, चुरे सहितका सार्वजनिक क्षेत्रमा बृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, चुरे सरक्षण सञ्जाल नेपाल, बेदकोट सामुदायिक वन उपभोक्ता समुह सहितका सरक्षित संघ संस्थाहरुले सामुहिक रुपमा बृक्षारोपण गरिएको छन ।

 

चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले भीमदत्त नगरपालिका ११भुजेला महाकाली नदी तटिय क्षेत्र र बेदकोट नगरपालिका भम्का क्षेत्रमा बृक्षारोपण गरिएको छ । उनका अनुसार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन ।

 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मराज जोशी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवर सहितका सरक्षणकर्मीले रोपिएका बिरुवा सरक्षणमा जोडदिएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.