महेन्द्रनगर
कञ्चनपुरको महेन्द्रनगरमा रहेको बाल अनाथालयका बालबालिकाहरुलाई युवा संगठनद्धारा पाठ्यसामग्री वितरण गरीएको छ ।
बुधबार एनटियुसी जिल्ला समिति कञ्चनपुरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाई पाठ्यसामग्री वितरण गरेको हो ।
कञ्चनपुर युवा समिति संयोजक ईश्वर जोशी, प्रमुख अतिथि मालती पन्त लगायतका युवाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालिका मनिषा पाण्डेयले युवा दिवस अनाथ बालबालिकाहरुको विच मनाउन पाउदा खुसी लागेको र युवाहरुले अनाथ असाहयहरुको सेवामा सदैव लाग्नुपर्नेमा जोड दिएकी थिईन ।
