धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख मियाँले भट्टलाई शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।
दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका थिए।
मुख्यमन्त्रीको शपथपछि एमालेको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथको तयारी भइरहेको छ।
