महाकाली नदीमा हाम फालेपछि दार्चुलाका २७ वर्षीय युवा बेपत्ता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–६, सिरुणाका २७ वर्षीय एक युवा भारतको बनबासा क्षेत्रमा रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता भएका छन्।

शुक्रबार पुलबाट महाकाली नदीमा हाम फालेपछि उनी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनाको जानकारी पाएपछि भारतीय सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.