दार्चुला । महाकाली नदीमा हामफालेकी दार्चुलाकी एक युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ।
दार्चुलाको लेकम गाउँपालिका–६ घर भएकी २१ वर्षीया बासु भनिने सुस्मिता खत्रीले सोमबार दिउँसो कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुलबाट महाकाली नदीमा हामफालेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दिउँसो २ बजेर १० मिनेटमा नदीमा हामफालेकी खत्रीलाई प्रहरीले तत्काल उद्धार गरेको हो।
उद्धारपछि उनलाई उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि खत्रीलाई महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको कारण तथा थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
