कञ्चनपुर ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भिमदत्त नगर समितिको पार्टी एकता समायोजन बैठक तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक क। आनन्द सिंह धामीको अध्यक्षता, सहसंयोजक क। मदन सिंह सेरालोको सञ्चालन र पार्टी नगर सचिव क। बिर बहादुर नेपालीको स्वागत मन्तव्यमा सुरु भएको समायोजन तथा शपथ ग्रहण कार्यक्रम पार्टीका केन्द्रीय सदस्य, कञ्चनपुर जिल्ला इन्चार्ज तथा सु। प। सरकारका उधोग पर्यटन तथा बन वातावरण मन्त्री क। प्रकाश रावल ज्यूको प्रमुख आतिथ्व तथा केन्द्रीय सदस्यहरु क। बिर बहादुर बुढाथोकी, के। स। तथा कञ्चनपुर सह इन्चार्ज तथा भिमदत्त नगर समिति समायोजन इन्चार्ज क। माया नेगी, जिल्ला सह संयोजक क। प्रताप तिरुवा, सह इन्चार्ज क। माया पन्त र क। देवेन्द्र ढुङ्गाना ज्युको आथित्यतामा सम्पन्न भएको छ।
भिमदत नगरपालिका ४ नम्वर वडा कार्यालयको सभाहलममा सम्पन्न पार्टी एकता समायोजन तथा शपथ ग्रहण कार्यक्रम पार्टीको भिमदत नगर भुगोल क्षेत्र भित्र रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, जिल्ला सदस्य, जवस मोर्चाका केन्द्र, प्रदेश र जिल्ला पदाधिकारी तथा सदस्य, नगर पार्टीका बर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, पार्टी वडा अध्यक्ष कमरेडहरूको सहभागिता रहेको थियो।
समायोजन पश्चात क। आनन्द सिंह धामीको संयोजकत्व र क। मदन सिंह सेरालोको सह९संयोजकत्वमा ६५ सदस्यिय नगर कमिटी गठन गरिएको छ।
कार्यक्रममा जन सांस्कृतिक महासङ्घका कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत गरेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अथिती, अथितीहरु र सहभागि सबै कमरेडहरुलाई हार्दिक धन्यवाद तथा अभिवादन प्रकट गर्दछौं।
