विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई

दार्चुला । दार्चुलामा कोरोना जोखिमको कारण करिब ५ महिना देखि बन्द रहेको शैक्षिक संस्था जोखिम हेरेर स्थानीय तहले खोल्न पाउने भएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाका संयोजक एव प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिनुभयो ।

जनजीवन सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । उहाँका अनुसार अब स्थानीय तहले स्थानीय तहमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय संचालन गर्न सक्नेछन् । आइतबारसम्म दार्चुलाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तह तत्कालका लागि कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका,दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिका, अपि हिमाल गाउँपालिमामा, कोरोनाका संक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ । यस्तै जिल्लाको मार्मा गाउँपालिका नौगाड गाउँपालिकामा पनि कोरोनाका सक्रिय संक्रमित नरहेको उहाँले बताउनुभयो ।

हाल जिल्लाको महाकाली नगरपालिका सहित जिल्लाभरी ११ जनामात्रै कोरोनाका संक्रिय संक्रमित रहेक छन ।

जिल्लामा अहिले सम्म ६ हजार ३ जनाको कोरोना परीक्षण हुँदा १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार १सय ८५ जनाले कोरोना जितेका छन् भने ३ जना महिला सहित ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।जिल्लामा हाल सम्म ७६१ जना पुरुषको कोरोना परीक्षण गरिएको छ भने ४४६ जना महिलागरी ६ हजार ३ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.