भीमदत्त नगरपालिका–१३ नम्बर वडामा सार्वजनिक सुनुवाई सम्पन्न

कञ्चनपुर ।
कञ्चनपुरको एक स्थानिय वडाले आर्थिक बर्ष २०८२÷०८३ को सार्वजनिक सुनुवाइ गरेको छ ।

भीमदत्त नगरपालिका–१३ नम्बर वडाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा सचिव उपेन्द्र मिश्रले गत बर्षको प्रगति प्रस्तुत गरेको थियो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष राम बहादुर बोहराले अध्यक्षता तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामी प्रमुख अतिथि रहेका थिए भने वडा सदस्यहरु हरिश साउद, बालादेबी नाथ, फूल पहरी, दिपक महता सहभागी थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा शुक्लाफाटा राष्ट्रिय निकुन्ज किनार बस्तीमा जंगली जनावरको आतंक, सडक कालोपत्रे, बिपद व्यवस्थापन, ग्राभेल, खानेपानी, शिक्षा लगायतका क्षेत्रमा गरिएका कामबारे जिज्ञासा राखिएको थियो ।

१३ नम्बर वडा भीमदत्तमा सार्वजनिक सुनुवाइ गर्ने दोस्रो वडा भएको छ । यस अघि ९ नम्बरले सार्वजनिक सुनुवाइ गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रशासकीय अधिकृत धामीले स्थानीय सरकार संचालन ऐनमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था भएको उल्लेख गर्दै उनले स्थानीय तहको योजना निर्माण प्रक्रियाबारे जानकारी दिएका थिए ।

महाकाली नदीको रोयल्टीबाट गत बर्ष ८ करोड राजस्व संकलन गरिएको उल्लेख गर्दै भीमदत्त र दोधारा चादनी नगरपालिकाले साझेदारीमा ठेक्का हुने गरेको धामीले बताए ।
वडाका योजना पिच्छे छलफल हुनु पर्ने र कार्यक्रमका दिन पनि खर्च विवरण सार्वजनिक गरी पारदर्शिता देखाउन साकिने उनले बताए ।
वडा अध्यक्ष राम बहादुर बोहराले सार्वजनिक सुनुवाई कार्यक्रममा आउने जिज्ञासा र बिज्ञका सल्लाह सुझावले वडाको बिकासमा टेवा पुग्ने बताएका थिए ।

वडाको बजेटले सबै बासिन्दाको चाहना र माग अनुसार कार्यक्रम गर्न सकिने अवस्था नभएको उल्लेख गर्दै उनले प्रदेश र संघ सरकारी समन्वय गरी बिकास र समृद्धिका अघि बढेको बताए ।
गरिब बासिन्दाका लागि बासको व्यवस्था गर्न नमूना बस्ती निर्माण गर्न लागिएको वडा अध्यक्ष बोहराले बताए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.