दार्चुलामा जुवातास मुद्दाका फरार व्यक्ति पक्राउ

दार्चुला ।

जुवातास मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दार्चुलाका एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत दार्चुलाले २०८३ वैशाख २३ गते गरेको फैसलाअनुसार जुवातास मुद्दामा २७ दिन कैद र दुई सय रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका–४ का २९ वर्षीय अशोक सिंह कुँवर पक्राउ परेका हुन् ।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुँवरलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.